निजी तथा समुदायिक विद्यालयबाट दुई सय दश भन्दा बढी विद्यार्थीहरु आदर्श नमुना माध्यमिक विद्यालयमा भर्ना भएको आदर्श नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लक्ष्मण यादवले बताउनु भयाे ।
उनका अनुसार विद्यालय व्यवस्थापन समिती तथा शिक्षकहरुको गैर जिमेवारीका कारण पछिल्लो समय आदर्श नमुना माध्यमिक विद्यालयमा विद्यार्थीहरु घटेका थिए । विद्यालय व्यवस्थापन समिती फेरिएपछि पुन शिक्षामा सुधार भएको छ ।
पाल्हीनन्दन र रामग्राम नगरपालिका भित्रका विद्यार्थीहरु सुनवल स्थित देवकोटा माध्यमिक विद्यालयमा अध्यन गर्न जाने गरेका थिए ।
निजी तथा समुदायिक विद्यालयबाट आदर्श नमुनामा भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षा लिएर मात्र भर्ना गरिरहेको आदर्श नमुना माध्यमिक विद्यालयको नाम संगै आदर्शमा अध्यन गर्ने विद्यार्थीहरुलाई पनि ए पलस ल्याउन विद्यार्थीहरुलाई पनि नमुना विद्यार्थी बनाउने लक्ष्य रहेको अध्यक्ष यादवको भनाई छ ।
आदर्श माध्यमिक विद्यालयमा विद्यार्थी बढेका छन प्रधानाध्यापक ऋषिराम ढकालले बताउनु भयो । विद्यार्थीहरुको लागि आवास निर्माणको लागि पहल गर्ने उहाँको भनाई छ ।
आर्थिक वर्ष आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीहरुको संख्या बढेछ आदर्श नमुना माध्यमिक विद्यालय अभिभावक संघका अध्यक्ष तिलक राम ढकालले बताउनु भयो ।