परासी १२ असार ।पश्चिम नवलपरासी करदाता सेवा कार्यालयले गत वर्षकाे तुलनामा चालु आर्थिक वर्ष ५.१३ प्रतिशत बढी राजस्व सङ्कलन गरेकाे छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले साउन महिना देखि जेठ मसान्त सम्म कुल एक अर्ब ३८ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले बताउनु भयाे।
लक्ष्यअनुरुप राजस्व सङ्कलन गर्न नसके पनि ११ महिनामा कुल ९२ करोड ५२ लाख रूपैया राजस्व सङ्कलन गरेको भन्नु भयाे ।संस्थागत आयकर सङ्कलनमा ६५.९५ प्रतिशतले वृद्धि भएको छ भने मूल्य अभिवृद्धि कर सङ्कलनमा १०.८८ प्रतिशतले वृद्धि भएको छ । अन्तःशुल्कतर्फको १०.६९ प्रतिशतले राजस्व सङ्कलन घटेको छ ।
वस्तु उत्पादनमा कमी आएपछि आन्तरिक शुल्क घटेको हो । आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयले एक अर्ब २२ करोड रूपैया सङ्कलन गर्ने लक्ष्य लिएकाेमा ८८ करोड राजस्व सङ्कलन गरेको कर अधिकृत पोखरेलले बताउनु भयाे । नवलपरासी जिल्लालाई कार्यक्षेत्र बनाएर २०७७ कात्तिक ४ गते स्थापना भएको कार्यालयमा हाल सम्म २३ हजार भन्दा बढी करदाता छन् ।