परासी।शसस्त्र प्रहरी बी.ओ.पी. र नेपाल प्रहरी चाैकीकाे मिलेमताेमा पश्चिम नवलपरासीका विभिन्न नाकाबाट तस्करी बढेको छ।
रात परेपछि भारतबाट लागुऔषध,टाएल,लत्ताकपडा,चिनी,माेबाइलका पार्टस,भैंसी, राँगा,कफी लगायत व्यपारीहरू अबैधरूपमा नेपाल भित्र्याउने गरेका छन स्राेतले भनेकाे हाे।
स्राेतले भने अनुसार रातीकाे समयमा व्यपारीहरूले नेपाल भित्र्याउँछन।जिल्लाका तस्करी हुने नाकाहरू पडरी,रगरगञ्ज,गेरमी,बलिनगर,पाचपेडा,हरपुर बसहिया,हरकपुरा लगायतका नाकाबाट तस्करी हुन्छ स्राेतले जनाएकाे हाे।
रात परेपछि तस्करहरू सक्रिय भएर माेटरसाइकल तथा पिकपमाओसारपाेसार गर्छन।नेपाल भारत सिमाक्षेत्रमा रहेका जनपद प्रहरी चाैकी,शसस्त्र प्रहरी बी.ओ.पी.सीमा सुरक्षा गुल्म तथा सादा पाेसाकमा रहेका घुमुवा व्यपारीहरू संग मिलेर तस्करी गराएकाे स्थानीयकाे आरोप छ।
सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा चाैकीकाे मिलेमताेमा भारतीय व्यपारीहरूले भारतबाट भैंसी र राँगा नेपाल भित्र्याएर बर्दघाट नगरपालिका-१३ स्थित जमुनियमा भैंसीकाे बजारमा बिक्री गर्छन स्राेतले जानकारी दिएकाे हाे ।भारतले भैंसी र राँगा नेपाल बिक्री गर्न प्रतिबन्ध लगाएपनि व्यपारीहरूले चरन गराउने बहानामा राजस्व छली गरेर महिना भित्र पाँच सय बढी भारतीय भैंसी र राँगा जमुनिया बजारमा बिक्री गर्न ल्याउँछन ।
सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेक्वा नवलपरासीका (डिएसपी)सुचना अधिकारी गाेबिन्द बहादुर केसीले भारतबाट भैंसी र राँगा नेपाल ल्याउँदा राेकेपछि हाम्रै घरकाे हाे चरनका लागि लगेकाे स्थानीय किसानहरू भन्छन। नेपालमा पनि त्यही रङगकाे भैंसी र राँगा छन भारतमा पनि त्यही रङगकाे भैंसी र राँगा छन त्यही भएर भारतकाे हाे कसरी पहिचान गर्ने।
बर्दघाट नगरपालिकाका नगर प्रमख शम्भुलाल श्रेष्ठले जमुनिया भैंसी बजारमा प्रतापपुर र सुस्ता गाउँपालिकाका किसानहरू भैंसी र राँगा बिक्री गर्न लिएर आउँछन।