नवलपरासी।ढुङ्गाै ढुङ्गा भएकाे देश नेपालमा १४ लाख ३१ हजार दुइ सय ६० रूपैया मुल्य बराबरकाे ढुङ्गा भारतबाट आयात भएकाे छ।
महेशपुर भन्सार कार्यालयका मुद्दा शाखाका राजेन्द्र प्रसाद ढुङगानाले २०८१/८२ मा कुल १४ लाख ३१ हजार दुइ सय ६० रूपैया मुल्य बराबरकाे ताज सप्लायर्स नामक फर्म भारतबाट सिलौट बनाउने ढुङ्गा नेपाल आयात भएकाे छ।”
नेपालमा ढुङ्गाै ढुङ्गाकाे पहाड हुँदा हुँदै ताज सप्लायर्स नामक फर्मले विभिन्न मितीमा सिलौट बनाउने ढुङ्गा भन्सारका लागि ल्याएकाे ढुङगानाले भने।”
सिलौट बनाउने ढुङ्गा नेपालमा नपाएपछि पुर्खाैली पेशा तथा जीविको पार्जनका लागि सिलाैटाे बनाएर गाउँ,टाेल र शहर सम्म पुगेर विक्री गरेर घर खर्च चलाउँदै आएकाे पाल्हीनन्दन गाउँपालिका-२ कि कमलावती कुशवाडीयाले बताइन।”
उनले भनिन, “नेापलमा सिलाैट बनाउने ढुङ्गा भएपनि आफुहरू नपाएपछि बाध्य भएर भारतबाट खरीद गरेर ल्याउन परिरहेकाे छ ।”
नेपालकै खाेलाबाट सिलाैट बनाउने ढुङ्गा ल्याउन पाए हाम्राे समय बचत हुन्थ्याे र हामीलाइ सस्ताे पनि पर्थ्याे र राज्यलाइ राजश्व हुन्थ्याे कुशवाडीया उत्तथान महासंघका सचिव नरेश कुशवाडीयाले बताए।नेपालमा हुँदा हुँदै भारतबाट खरीद गरेर ल्याउँदा समय खर्च,गाडी भाडा तथा भन्सार गरेर ल्याउँदा महँगाे परिरहेकाे उनले भने।”
स्वदेशमै पाउने ढुङ्गा भारतबाट ल्याउन परिरहेकाे छ।,