नवलपरासी।बर्दघाट उद्योग व्यपार संघले यही माघ १३ देखि २५ गते सम्म बर्दघाट नगरपालिकाकाे मण्डपमा प्रथम बर्दघाट एक्सपाे २०८२आयोजना गर्न लागेको छ।
संघले पत्रकार सम्मेलन गरेर जिल्लाका बर्दघाट नगरपालिका स्रतरमा क्रियाशिल व्यवसायी र उद्योगीहरूकाे पक्षमा काम गर्ने तथा बर्दघाट क्षेत्रकाे आर्थिक चलायमान,स्थानीय कला-सांस्कृति,उद्यमशीलता,कृषि उत्गपादन,व्यवसाय र पर्यटकीय सम्भावनालाइ उजागर गर्ने उद्देश्यका साथ “प्रथम बर्दघाट एक्सपाे २०८२ “आयोजना गर्ने लागिएको जनाएको हाे।
करिब २ सय ५० वटा व्यवसायिक स्टलहरूको सहभागिता रहने यस महोत्सवमा स्थानीय कृषि उपज,महिला उद्यमीका उत्पादन र घरेलु उद्याेगका समाग्रीहरू,राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनहरू,विविध खानाका परिकारहरू समावेश गरिने तथा बालबालिकाहरूकाे मनाेरञ्जनका लागि बाल उद्यान,संचार केन्द्र स्थानीय संचार माध्यम र पत्रकारहरूकाे सहजताका लागि छुट्टै डेस्ककाे व्यवस्था गरिनेछ,एक्साे अधिभर १ लाख भन्दा बढी अवलोकन कर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।
एक्सपाेले स्थानीय उत्पादन राष्टिय बजार सम्म पुर्याउन,लगानी तथा व्यापारिक अवसरको सिर्जना,रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने यस एक्साेले लक्ष्य लिएको छ।
एक्सपाेमा विभिन्न जाती तथा संस्कृति झलकाउने घर तथा खानाका परिकार,आन्तरिक पर्यटकिय स्थलमा भ्रमणकाे व्यवस्था,राष्टिय ख्याती प्राप्त कलाकारहरूकाे सांगितिक प्रस्तुती,विद्यालयहरूका विद्यार्थीहरू द्रारा विज्ञान प्रदर्शनी,कृषि यन्त्रहरूकाे प्रदर्शनी,दुग्ध परिकारकाे प्रदर्शनी,बालीबस्तुहरूकाे प्रदर्शनी, विद्यालयस्तरका विभिन्न प्रतियाेगिता,वर्तमान समयमा अत्याधिक रूचाइएकाे लण्डन ब्रिज अकृति प्रवेश द्रार,जल परी,१६ वटै वडाका १६ स्टल जसमा हरेक वडाका विशेष उत्पादनकाे उल्लेखनीय सहभागिता रहने विश्वास व्यक्त गरिएको छ।
साधारण टिकट ८० रूपैयाँ,परिचय-पत्र सहित आउने विद्यार्थीलाइ ६० रूपैयाँ,जेष्ठ नागरिकले नागरिकता वा जेष्ठ नागरिक परिचयपत्र लिएर आएमा निशुल्क प्रवेश,अपाङग परिचयपत्र लिएरआएमा निशुल्क प्रवेश,एक्सपाे अवधिभर ३ वटा विशेष कन्सर्ट हुने र त्यस बखत खर्च पनि बढी हुने हुँदा त्यस समयमा साँझ ५ बजेपछि छुट्टै टिकट शुल्क लाग्ने छ । ५० जना भन्दा बढी सामुहिक आएमा टिकट लिनेलाइ विशेष छुटकाे व्यवस्था हुनेछ।
एक्सपाेका मुल समिती संयाेजक राजु न्याैपाने पत्रकार सम्मेलनमा करीब ७ कराेड रूपैयाँ बराबरकाे आर्थिक काराेबार हुने अपेक्षा रहेकाे छ।