परासी।भारत संग जाेडिएकाे पश्चिम नवलपरासीकाे विभिन्न नाकाबाट तस्करी बढेको छ।
जब रात पर्छ तब भारतबाट लागुऔषध,टाएल,लत्ताकपडा,चिनी,माेबाइलका पार्टस,भैंसी,काजु,कुखुरा,कफी लगायत व्यपारीहरू अबैधरूपमा नेपाल भित्र्याउने काम गरेका छन।यस्तै नेपालबाट फेयरलवली क्रिम,चाइनिज किसमीस,मादक पदार्थ भारत तस्करी गर्छन नाम गाेप्य राख्ने शर्तमा एक जना स्थानीयले बताए।
स्राेतले भने अनुसार दिउसाे भन्दा प्राय: रातीकाे समयमा व्यपारीहरूले तस्करी गर्छन।जिल्लाका तस्करी हुने नाकाहरू पडरी,रगरगञ्ज,गेरमी,बलिनगर,पाचपेडा,हरपुर बसहिया,हरकपुरा लगायतका नाकाबाट तस्करी हुन्छ स्राेतले जनाएकाे हाे।
रात परेपछि तस्करहरू सक्रिय हुन्छन् राती माेटरसाइकल तथा पिकपमाओसारपाेसार गर्छन।नेपाल भारत सिमाक्षेत्रमा रहेका जनपद प्रहरीका चाैकी,शसस्त्र प्रहरी बी.ओ.पी.सीमा सुरक्षा गुल्म तथा सादा पाेसाकमा रहेका घुमुवा तस्कर संग मिलेर तस्करी गराएकाे स्थानीयकाे आरोप छ।
सिमाक्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा चाैकीलाइ भारतीय व्यपारीहरूले घण्टाकाे हिसाबले रकम दिएर यति बेला रातीकाे समयमा खुल्याम तस्करी भएकाे स्राेतले जानकारी दिएकाे हाे।
राजस्व छली कार्यमा सर्वसाधारण मात्र नभइ राजनितिक दलका कार्यकरता समेतकाे संलग्नता रहेकाे स्राेतले जनाएकाे छ। रगरगञ्ज नाकाबाट भएकाे तस्करी नियन्त्रण गर्नका लागि शसस्त्र प्रहरीले काडा लगाएर चेकजाँच गरेपनि तस्करी नियन्त्रण हुन सकिरहेकाे छैन।
स्राेतले उखान भन्छ हात्तीकाे दुइ वटा दात हुन्छ एउटा टाेकने र एउटा देखाउने त्यस्तै प्रहरीले राजस्व छलीका सामान राेकेकाे देखिन्छ तर रूकिराहेकाे छैन।नेापल सरकारले किसानलाइ प्रयाप्त मात्रामा खाद दिन नसकेपछि पचास रूपैया बाेरा प्रहरीलाइ दिएर भुजहवा नाकाबाट यति बेला धमाधम तस्करी भएकाे स्राेतले जानकारी दिएकाे हाे। रूपन्देही सम्मका किसान तथा व्यपारी भुजहवा खाद खरीद गर्न आउने र लैजाने गरेका छन।