नवलपरासी।स्याङ्जाको गल्याङ नगरपालिका-४स्थित शिशुकल्याण माध्यमिक विद्यालयका विद्यालयका प्रधाानाध्यापक रबिलाल लुईटेल सहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विद्यालयको लागि प्राेजेक्टर थान एक,ल्यापटप थान एक,प्रिन्टर थान एक,डेक्सटप कम्पियुटर थान सात खरिद गर्दा चार लाख ७१ हजार ६ सय ६७ रुपैया बराबरकाे रकम हिनामिना गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पाैडेलले विज्ञप्ति मार्फत जानकारी दिए।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा शिशुकल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुइँटेल र तत्कालीन लेखापाल छविलाल गाहा छन् ।
शिशुकल्याण माध्यमिक विद्यालयकाका तत्कालीन प्रधानाध्यापकले आर्थिक हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरूले चार लाख ७१ हजार ६ सय ६७ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आइतबार जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले दायर गरेको मुद्दामा जनही चार लाख ७१ हजार ६ सय६७ रुपैयाँ बिगो माग दाबी गरेको छ ।