नवलपरासी।(बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा अवैधरूपमा खाेला जन्य पदार्थ उत्खनन् भएकाे छ।
खोला जन्य पदार्थ निकासीकाे लागि सरकारले ठेक्का गर्नु पर्नेमा ठेक्का नगरेपछि खाेला माफीयाले अवैधरूपमा उत्खनन् गर्ने कार्य गरेका छन।राती खोला उतखन्न गर्ने र सडक ठेक्का लिने ठेकेदार तथा क्रसर व्यवसायीलाइ अवैध रूपमा बिक्री गर्ने गर्छन स्राेतले भनेकाे हाे।
स्राेतले भने अनुसार तुरीया खाेलाबाट दैनिकी १५ टिप्पर ढुंगा,गिट्टी,बालुवा अबैधरूपमा निकासा गरेर बिक्री गर्ने गर्छन।
सडक तथा भवन निर्माणमा प्रयाेग हुने ढुंगा,गिट्टी,बालुवा निकासीकाे लागि सरकारले ठेक्का नगर्दा खाेलाजन्य पदार्थ निकासीका लागि ठेक्का प्रकृया अगाडी बढाइएकाे सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्यालले बताइन।
खोला ठेक्का गर्ने प्रकृया लामाे रहेकाेले ठेक्का गर्न नियम पूरा गर्नु पर्ने हुन्छ नगर प्रमुखकाे भनाइ छ।
खाेला ठेक्का गर्ने प्रकृया अगाडी बढाइएकाे डिभिजन वन कार्यालय नवलपरासीका सुचना अधिकारी मासाफिर भगतले जानकारी दिए।