नवलपरासी।नेपाल लेखापढी कानुन व्यवसायी एशाेसिएसनकाे २७ औं साधारण सभा सम्पन्न भएकाे छ।पश्चिम नवलपरासीको जिल्ला स्थित सदरमुकाममा साधारण सभा भएकाे हाे।
कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायीकाअध्यक्ष चाैथी काेहार,उपाध्यक्ष अर्जुन प्रसाद बस्याल,सचिव गणेश राज रेग्मी, सह-सचिव ज्ञानु न्याैपाने,काेषाध्यक्ष ऋषिश्वर भट्टराइ,सदस्य दिपेन्द्र कुमार चाैधरी,उमाशंकर श्रीवास्तव,सुरेन्द्र राज मल्लीक,विकास खडका,संजय कुमार हरिजन,प्रितीकला चाैधरी,समय सन्दर्भ पक्षिक पत्रिकाका सम्पादक एवम् (रासस) संचालक समिती सदस्य डिल्ली राम भट्टराइ,गण्डकी प्रदेश लेखापढी व्यवसायीका संयाेजक खडानन्द लामिछाने लगायतकाे उपस्थिती रहेकाे थियाे।
जेनजी पुस्ताकाे प्रदर्शनमा कास्की मालपाेत कार्यालयमा ताेडफाेड,लुटपाट,आगजनीबाट मालपाेत कार्यालयमा रहेका महत्वपुर्ण कागजात लगायत भाैतिक क्षति भएकाे थियाे।यस्ताे अवस्थामा राज्यले तत्काल आवश्यक पुर्वाधार तयार गरी कार्यालय सञ्चालन गर्न सक्ने अवस्था नदेखिएपछि नागिरक स्तरमा गठन भएका संघ संस्था निजीक्षेत्रमा क्रियाशिल पेशाकर्मी,उद्योग व्यवसायी संग समन्वय गरी लेखापढी व्यवसायीकाे सक्रियतामा आवश्यक फर्निचर सहित रू ४० लाख लागतमा कास्की मालपाेत कार्यालयकाे भवन पुननिर्माण गरी कास्की मालपाेत कार्यालयलाइ हस्तान्त्रण गरेकाे गण्डकी प्रदेश लेखापढी व्यवसायीका संयाेजक खडानन्द लामिछाने जानकारी दिए ।
समय सन्दर्भ पाक्षिक पत्रिकाका सम्पादक डिल्ली राम भट्टराइले साधारण सभामा उपस्थित लेखापढी व्यवसायीहरूलाइ शुभकामना दिदै सरकारले भूउपयोग सम्बन्धी नियमावली संशोधन गर्दै कित्ताकाट खुला गरेको जानकारी गराए।
नेपाल लेखापढी कानुन व्यवसायी एशाेसिएसनका केन्द्रिय उपाध्यक्ष एवम् प्रमुख अतिथि अर्जुन क्षेत्रीले कहिले काँही सेवाग्राहीले काम गराउँछन त्यसपछि आर्काे लेखापढी व्यवसायी संग गइदिन्छन त्यस्ताे अवस्थामा पहिला काम सुरू गरेकाे लेखापढी व्यवसायी संग पनि एक पटक समन्य गरेर सेवाग्राहीकाे काम अगाडी बढाउनु सुझाव दिए ।
साधारण सभामा सत्रुघ्न सापकाेटाले २०८२असार सम्मका लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।काेषाध्यक्ष ऋषिश्वर भट्टराइले ०८२ कातिक सम्मकाे संक्षिप्त आर्थिक विवरण प्रस्तुत गरेका थिए।एक सय जना लेखापढी व्यवसायी एशाेसिएसनमाआबद्ध छन ।साधारण सभा कार्यक्रमकाे संचालन गणेश राज रेग्मीले गरेका थिए।