लुम्बिनी। रूपन्देहीकाे लुम्बिनी साँस्कृतिक नगरपालिकाले समुदायिक विद्यालयमा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण गरेकाे छ।
नगरपालिकाकाे हलमा आज आयोजित एक कार्यक्रमका बीच शैक्षिक सत्र २०८१ मा कक्षा १२ को परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विधार्थीहरुलाइ ल्यापटप र साइकल वितरण गरी सम्मान गरेका छन। परीक्षामा प्रथम, द्धितिय र त्रितिय आउने विधार्थीलाइ साइकल वितरण गरेको हो ।
लुम्विनी साँस्कृतिक नगरपालिका-स्थित खुदा बागर माध्यमिक विद्यालयका प्रथम आउने एक जना विधार्थीलाइ ल्यापट,कर्महवा माध्यमिक विद्यालयका दुइ जना विधार्थीलाइ साइकल र आमा माध्यमिक विद्यालयका एक जना विधार्थीलाइ साइकल वितरण गरेकाे लुम्बिनी नगरपालिकाका कार्यबाहक नगर प्रमुख कल्पना हरिजनले बताइन।
कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले समुदायिक विद्यालयमा अध्ययन गर्ने विधार्थीलाइ शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले ल्यापटप र साइकल वितरण गरिएको हो ।
गत वर्ष गरीब,विपन्न,दलित,जेहेन्दार,अपांग,स्नातक र एम.बि.बि.एस.अध्यन गर्ने विधार्थीलाइ छात्रवृति वितरण गरेकाे ।
कार्यबाहक नगर प्रमुख कल्पना हरिजनको अध्यक्षता,प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवाली,वडा अध्यक्ष एवम् शिक्षा समिति सदस्य खुर्शेद आलम मुसलमान, वडा न. १२ का वडा अध्यक्ष हरिकेश लोध, उपसचिव एवम् शिक्षा अधिकारी हरि प्रसाद ज्ञवाली सामुदायिक विधालयका प्रधानाध्यापक लगायत सहभागिता रहेको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानाध्यापकहरुले कार्यक्रमको प्रशंसा गर्दै “यो सहयोगले विद्यार्थीहरूलाई नियमित रूपमा र समयमै कक्षाहरूमा उपस्थित हुन, शैक्षिक कार्यसम्पादन र समग्र सिकाइ नतिजामा सुधार गर्न सहयोग पुग्ने बताएका थिए ।