नवलपरासी।(बर्दघाट सुस्ता पश्चिम) नवलपरासी भुमिसुधार तथा मालपाेत कार्यालयमा राजिनामा नामसारी गर्न समस्या भएकाे सेवा ग्राही तथा लेखापढी व्यवसायीले गुनासाे गरेका छन।
भुमिसुधार तथा मालपाेत कार्यालयकाे सर्भरमा समस्या आउँदा जग्गा नामसारी,राजिनामा लगायत काम गराउन समस्या भइरहेकाे नेपाल लेखापढी कानुन व्यवसायी एशाेसिएसनका केन्द्रिय उपाध्यक्ष अर्जुन क्षेत्रीले गुनासाे गरेका हुन।
‘नामसारी र राजिनामा लगायत काम गराउन आउनु भएका सेवाग्राही बिहान देखि नै लाइनमा हुनु हुन्छ।सर्भर नचलेर लाइनमा बस्दा बस्दै केही घर फर्कि सक्नु भयाे उनले भने।केन्द्रिय उपाध्यक्ष अर्जुन क्षेत्रीले सर्भरकाे क्षमता काम भएर सर्भर नचलेकाे तालुक कार्यालयका निर्देशकले भने।
सरकारले सेवा ग्राही संग राजश्व लिने तर सर्भरकाे क्षमता बढाउन नसकने “सेवाग्राहीले समयमा राजश्व दिन तयार भएपनि सरकारले राजश्व लिन सकिरहेकाे छैन, “सर्भरकाे क्षमता बढाउनमा सरकार कन्जुसाइ गरिरहेकाे छ,सरकारकाे कन्जुसाइका कारण सेवाग्राही हप्ताैं सम्म सरकारी कार्यालय धाइरहेका हुन्छन र उनीहरूकाे खर्चकाे भार बढीरहेकाे छ।
सर्भर नचलेर फाँटका कर्मचारीले भन्छन हामी पनि हैरान छाैं।फाँटका कर्मचारी भने १५ दिन देखि सर्भर नचलेर समस्या भइरहेकाेछ एक जना सेवाग्राहीकाे काम गर्न २० मिनेट बढी लागिरहेकाे छ।
सर्भर चलिरहेछ भुमिसुधार तथा मालपाेत कार्यालयका अधिकृत बसन्त कार्कीले बताए।