नवलपरासी।सिमेन्ट बनाउनकाे लागि भारतबाट आउने फलामकाे धुलाे नेपालबाट भारत किन लगिरहेकाे भन्सारका कर्मचारीले शंका गरेका छन।नेपालबाट अबैधरूपमा भारत लिएर जाने क्रम्मा शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुर र नेपाल प्रहरीले पक्राउ भन्सार पठाएकाे छ।
सिमेन्ट बनाउनकाे लागि नेपालबाट टेक्टरमा राखेर भारत तर्फ ओसार पाेसार गर्ने क्रम्मा पाल्हीनन्दन-२गाेपालपुरबाट १ सय ५० बाेरा फलामकाे धुलाे(पाउडर) प्रहरीले पक्राउ गरेर भन्सार कार्यालयमा पठाएकाे हाे।
महेशपुर भन्सार कार्यालय र शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुर देखि पश्चिम गाेपालपुर नाकाबाट लु ३ त १७ नम्बरकाे टेक्टर ट्रालीमा राखेर भारत लिएर जादै गरेकाे अवस्थामा मंसिर ८ गते प्रहरीले पक्राउ गरेकाे महेशपुर भन्सार कार्यालयका नायब सुब्बा नादराज पाेख्रेलले बताए।
फलामकाे धुलाे र टेक्टर ट्रालीकाे रू १२ लाख ५० हजार मुल्याङकन रहेकाे भन्सार कार्यालयमा पठाएकाे पाेख्रेले भने।,”सिमेन्ट बनाउनकाे लागि भारतबाट भन्सार गरेर नेपाल ल्याउँछन तर नेपालबाट भारत किन लगिराहेकाे त्यस भित्र अरू केही लुकाए छन कि कर्मचारीले शंका गरिहेका छन।”
“शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म हरपुरका डिएसपी संताेश अधिकारी भने नेपाल प्रहरी र शसस्त्र प्रहरीले पक्राउ गरेकाे हाे।”