नवलपरासी।(बर्दघाट सुस्ता पश्चिम)नवलपरासीकाे पाल्हीनन्दन-३ मा रहेका सिद्धार्थ माध्यमिक विद्यालयकाे नाम्मा १५ विघा भन्दा बढी जग्गा दर्ता रहेकाे छ।
सिद्धार्थ माध्यमिक विद्यालयकाे नाम्मा जग्गा दर्ता रहेपनि जाेतभाेग स्थानीयले गरेका छन। ५६०,२५,६१,२१९,४८६,५००,५०१,५०७,५७१,४६४,११४,१०५,१३६,२२४,४३८,४०६,४३९,४३६,५११,५७२,५७६,८०,८३,८५,७७१ र ७७३ नम्बर कित्ता विद्यालयकाे नाम्मा दर्ता रहेपनि कहीँ कतैबाट जग्गाकाे भाडा विद्यालयमा आएकाे छैन सिद्धार्थ माध्यमिक विद्यालयकाे अवस्था नाजुक छ प्रधानाध्यापक रामसुन्दर चाैधरी(कुर्मी)ले बताए।
उनले भने”असाेज १ गते प्रधानाध्यापक जिमेवारी पाउँदा रू दुइ हजार विद्यालयकाे खातामा जम्मा रहेकाे थियाे,विद्यालयकाे जग्गा भाडाकाे कुरा मलाइ थाहा छैन।सिद्धार्थ माध्यमिक विद्यालयमा २७ जना शिक्षक छन,जसमा ३ जना राहतमा,१३ जना करारमा,१ जना निजीमा, ४ जना कर्मचारी मध्ये १ जना निजीमा छन उनले भने।
विद्यालय तथा गाउँपालिकाका जनप्रतिनिधिकाे मिलेमताेमा त विद्यालयकाे जग्गा जाेत भाेग त भइरहेकाे त छैन नी।विद्यालयकाे प्रधानाध्यापक जस्ताे जिमेवार व्यक्तिलाइ विद्यालयकाे जग्गा जाेतभाेग तथा आम्दनी थाहा नहुनु भनेकाे शंका लागिरहेकाे छ। अशाेक ठाकुरकाे सिद्धार्थ माध्यमिक विद्यालयमा दरबन्दीछ तलब पनि सिद्धार्थ माध्यमिकबाट खान्छन तर उनी पाल्हीनन्दन गाउँपालिकाे शिक्षा शाखामा काम गर्छन विद्यालयले जनाएकाे हाे।
विद्यालयकाे नाम्मा दर्ता रहेका जग्गा भाडाका लागि ठेक्का भएकाे तर कसले ठेक्का लियाे र भाडा कसले राख्छन आफुलाइ थाहा नभएकाे पाल्हीनन्दन गाउँपालिका-३का वडाध्यक्ष गाेधन प्रसाद हरिजनले बताए।
विद्यालयकाे नाम्मा दर्ता रहेका जग्गा मध्ये केही जग्गा भाडा रहेकाे विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सुरेश प्रसाद गुप्ताले बताए।