नवलपरासी।पर्यटक भित्र्याउनका लागि गाेही संरक्षण गर्ने भन्दै नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को रामग्राम नगरपालिका,सरावल गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका संग जाेडिएकाे पिडुरा नदी गाेही संरक्षण घाेषणा हुने भएको छ।
प्राकृतिक जीवचक्रलाइ खल्बलिन नदिन तथा पिडुरा नदीमा जलचर मध्ये संकटापन्न अवस्थामा रहेका गाेही संरक्षण तथा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लगायतका उद्देश्यले गाेही संरक्षण गर्न लागिएकाे रामग्राम नगरपालिका-१७ का वडाध्यक्ष कन्है प्रसाद काेइरीले बताए।
रामग्राम नगरपालिका-१७,सरावल गाउँपालिका-४ र पाल्हीनन्दन गाउँपालिका-३ संग जाेडिएकाे पिडुरा नदीमा रहेका गाेहीहरूलाइ संरक्षणकाे लागि तीन वटै स्थानीयतहका जनप्रतिनिधि संग सहकार्य समन्य गरेर अगाडी बढने उनकाे भनाइ छ। जाडाेकाे समयमा घाम भएपछि पिडुरा नदीमा रहेका गाेही पानीबाट बाहिर निसकेर घाम तापन निस्कन छन उनी भन्छन।
एक दिन पत्रकार सम्मेलन गर्ने र गाेही संरक्षण क्षेत्र घाेषणा गर्ने।हेर्न आउने पर्यटकलाइ गाेहीले आक्रमण गर्न नसकने किसिमकाे पर्यटककाे लागि सुरक्षित स्थान बनाउने र आउने पर्यटककाे लागि हाेमस्टे सञ्चालन भएपछि यहाँका स्थानीयहरूकाे लागि राेजगारकाे पनि सिर्जना हुन्छ र पर्यटककाे लागि रमाइलाे गर्ने ठाउँ पनि हुन्छ उनेले भने ।
पिपरहिया(पिडुरा) नदीमा बाह्राै महिना पानी रहेकाेले यसमा साना ठुला करीब एक दर्जन गाेही रहेकाे अनुमान गरेका छाैं, “भारत संग जाेडिएकाे महेशपुर मुल भन्सार देखि ढाइ किलाेमिटर उत्तर नजिक रहेकाेले भारतबाट पनि पर्यटक अवलाेकन गर्न आउन सक्ने सम्भावित रहेकाे उनले उल्लेख गरे।